Logo
Logo

पूर्वमन्त्रीसहित समाजवादी पार्टीका असन्तुष्ट नेता नेकपामा प्रवेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँलगायत केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता शुक्रबार नेकपामा प्रवेश गरेका छन् । धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रचण्डको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका थिए ।
धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री रहेकी थिइन् । फोरम नेपालसँग नयाँ शक्तिले एकीकरण गर्नु राम्रो हो तर नयाँ शक्ति पार्टी जुन अभियानका लागि गठन भएको थियो, त्यो बाटो छाडेका कारण आफूहरू सो दल छाडेर नेकपामा प्रवेश गर्न लागेको पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्