काठमाडौं । रौतहटको गौर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार शम्भु साहले अग्रता लिएका छन् ।
पाँच सय ७५ मत गणना हुँदा उनले तीन सय ५५ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका लोसपाका अजयकुमार गुप्ताले ८४ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ५७ मत ल्याएका छन् ।
गौर नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।














