Logo
Logo

तेह्रथमको फेदापमा एमालेका हरि चोङबाङको अग्रता


2k
Shares

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका अध्यक्षमा नेकपा एमालेका हरिप्रसाद चोङ्बाङ थोरै मतले अग्रता लिएका छन् । हरिले ९४९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट अध्यक्ष केशवप्रसाद भेटवालले ८७९ मत प्राप्त गरेका छन् । यो अपरान्ह साढे दुई बजेसम्मको मत परिणाम हो ।

यस्तै, उपाध्यक्षमा पनि एमालेका गीतादेवी थापा अगाडि छन् । गीतादेवीले ३७३ को रहेको छ भने नेपाली कांग्रेसका सुनिता पाहिमले अहिलेसम्म १७१ मत प्राप्त गरेकी छन् ।

फेदाप गापामा कुल जनसंख्या १५,२३६ रहेका छन् भने मतदाताको संख्या १२,८९५ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्