
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीयबीच कडा टक्कर देखिएको छ । जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि देखिएका छन् ।
उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् ।
एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।
काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना जारी छ । वडा नम्बर १ तीनैजना प्रतिस्पर्धी देखिएका छन् । वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरूभन्दा अगाडि देखिएका छन् ।











