अर्घाखाँची । शितगंगा नगरपालिका–१४ को एक सय मत गणना गर्दा नगरप्रमुखमा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका छविलाल पौडेलले ५० मत पाएका छन् ।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार वसन्त श्रेष्ठले ४२ मत ल्याएका छन् । उपप्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का टीका रेश्मीले ४४ मत ल्याए भने एमालेकी गिता भाटले ४३ मत पाइन् ।














