संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकामा मत गणनाअवरुद्ध भएको छ । विवाद भएपछि केहीबेरअघि मत गणना रोकिएको हो ।

अहलेसम्मको मत परिणामअनुसार चिचिला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पासाङ नुर्वु शेर्पाले ५०९ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत र नेकपा एमालेका रामबहादुर गुरुङले २७५ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी मनकला राई ४९८ मत ल्याएकी छन् । नेकपा माओवादीकी तीर्थमाया राईले ४३४ मत र नेकपा एमालेकी विष्णुकुमारी राईले २७३ मत पाएकी छन् ।











