सर्लाही । सर्लाहीको कोडेना गाउँपालिकामा फेरि झडप भएको छ ।
पुनः मतदान गर्न माग गरिरहेका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको कार्यकर्ताबीच झडप भएको हो । कांग्रेसले भने मतगणना सुरु गर्नेपर्ने माग गर्दै आएको छ ।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले पाँच राउन्ड हवाइफायर गरी झडप नियन्त्रणमा लिएको छ ।
कौडेना गाउँपालिका–४ स्थित मोतिपुरमा पुनः मतदान गर्नुपर्ने जसपा, लोसपा र माओवादीले माग गरिरहेको छ भने कांग्रेसले मतदान गणना गर्न माग गरिरहेको छ ।














