Logo
Logo

चौरजहारीमा माओवादी र कांग्रेसबीच कडा प्रतिस्पर्धा


2.6k
Shares

रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

केहीबेर अगाडिसम्म मतगणनाअनुसार माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस अगाडि देखिएको छ ।
वडा नम्बर १ को ४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका पुष्प वादीले १७२ मत पाएका छन् ।

यस्तै, उपप्रमुखका उम्मेदवार नेकपा एमालेका टंकप्रसाद वलीले १८२ मत पाउँदा माओवादी केन्द्रका इश्वरी कुमारी शर्मा (विएम)ले १७९ मत पाएका छन् । चौरजहारी नगरपालिकामा १४ वटा वडा छन् । वडा नम्बर १ मा १ हजार ४४३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्