Logo
Logo

जनमोर्चाकाे विजयी यात्रा सुरु, मल्लरानी १ मा प्यानलै विजयी


4.6k
Shares

प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिकाको वडा नं १ मा राष्ट्रिय जनमोर्चा प्यानलसहित विजयी भएको छ ।

जनमोर्चाका चिन्तबहादुर राहुँ ४१८ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खुमानसिंह राहुँले ३५३ मत ल्याएका थिए ।

मल्लरानी गाउँपालिका वडा नम्बर १ मा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पनि जनमोर्चाकै विजयी भएका छन् ।

योसँगै देशैभरमा राष्ट्रिय जनमोर्चाले विजयी यात्रा सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्