धनगढी । धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् ।

१०० मतको प्रारम्भिक नतिजामा हमालले ५५ मत पाएका छन् भने नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।
यस्तै, उपमेयरमा भने माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० मतसहित अग्रता लिएकी छन् ।














