काठमाडौं । ललितपुर महानगरको मेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ । अहिलेसम्म २ सय मतगन्दा गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमाले ६४ मतसहित अगाडि छ । नेकपा माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । २०० मतमध्ये ३ मत बदर भएको छ ।














