पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो ।

पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
पोखराको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार बनेका छन् ।नेकपा एमालेका तर्फबाट कृष्णबहादुर थापा उम्मेदवार बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट शंकर खराल मेयरको उम्मेदवार छन् भने स्वतन्त्रबाट लेखक गनेस पौडेल स्वतन्त्र उम्मेदवार बनेका छन् ।
महानरको मेयर उप-मेयरमा विभिन्न दल र स्वतन्त्रबाट समेत झण्डै दुई दर्जनले उम्मेदवारी दिएका छन् ।














