Logo
Logo

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा एमाले विजयी


1.3k
Shares

मुस्ताङ । मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

लोमन्थाङको अध्यक्षमा एमालेका टसी न्हुर्वु गुरुङ ६ सय ६८ मत ल्याएर विजयी भएका हुन्। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टसी गुरुङले ५ सय १४ मतमात्र पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट गुरुङ ६ सय ३२ मतका साथ विजयी भइन् । काँग्रेसकी छिरिङ ढोका गुरुङले ५ सय २९ मतमा चित्त बुझाउनुपरेको छ ।

योसहित अहिलेसम्म एमालेले मुस्ताङका तीनवटा पालिकामा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्