Logo
Logo

डोल्पाको त्रिपुरासुन्दरीमा मेयर र उपमेयरमा माओवादी केन्द्रको फराकिलो अग्रता


1.8k
Shares

डोल्पा । डोल्पाको त्रिपरासुन्दरी नगरपालिकामा मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रले फराकिलो अग्रता लिएको छ ।
माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले अहिलेसम्म ३३६ मत ल्याउँदा कांग्रेसका चन्द्रकला धरालाले १७२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार जनचन्द्र रोकायाले १७६ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादीका उम्मेदवार काली चलाउनेले २२१ मत प्राप्त गर्दा एमालेका देवी घर्तीमगरले १७४ मत पाएका छन् । यस्तै, उपमेयरमा कांग्रेसका सावित्री पहाडीले १७२ र नेकपा एकीकृत समाजवादीका छक्कबहादुर धरालाले ७६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्