अछाम । अछामको साँफेबगर नगरपालिकामा मतगणना गर्न ढिलाई गरेको भन्दै नाराबाजी र ढुंगामुडा भएको छ ।

आज (शनिबार) दुई बजेदेखि मतगणना सुरु हुने भनिएपनि अझै सुरु हुन नसकेपछि नेपाली कांग्रेस-नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले नाराबाजी र ढुंगामुडा गरेका हुन् । जवाफमा सुरक्षाकर्मीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
साँफेबगर नगरपालिका १३ बाब्लामा मतदानका क्रममा गठबन्धनले एकलौटी गरेको आरोप लगाउँदै एमालेले मतगणनामा अवरुद्ध गर्दै आएको छ ।














