Logo
Logo

१२ स्थानीय तहको मतगणना सकिँदा एमालेको अग्रता


8.2k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म १२ स्थानीय तहको मतगणना सकिएको छ । १२ स्थानीय तहमध्ये नेकपा एमालेले ६ वटा पालिका प्रमुख जितेर अग्रता लिएको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ६ स्थानीय तहको प्रमुख जितेको हो ।

यस्तै, नेपाली कांग्रेसले ३ स्थानीय तहमा प्रमुख जितेको छ भने नेकपा एकीकृत समाजवादीले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ । डोल्पामै माओवादी केन्द्रले एक पालिका प्रमुख जितेको छ ।

एमालेले प्रमुख जितेका स्थानीय तह

१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका–मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ

कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका–मनाङ

एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका–डोल्पा

प्रतिक्रिया दिनुहोस्