तेह्रथुम । आठराई गाँउपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
आठराई गाउँपालिकाको वडा नम्बर १, २ र ३ को ८ सय ८७ मत गणना गर्दा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका दिलकुमार पाहिमले ४ सय ६९ मत प्राप्त गरेका छन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धि नेकपा एमालेका रामचन्द्र थपलियाले ३ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी रुपादेवी कन्दङवाले ४ सय ८ मत पाएका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट उम्मेद्धार बनेका माओवादी केन्द्रका बलिराज ईङनामले ३ सय ८२ मत प्राप्त गरेका छन् ।














