
चितवन । चितवनको इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सन्तबहादुर राना विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरमा पराजित गर्दै राना विजयी भएका हुन् ।
इच्छाकामना गाँउपालिका अध्यक्षका लागि नेकपा एमालेका दानबहादुर गुरुङ र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका गीताकुमारी गुरुङ प्रतिस्पर्धामा छन् ।














