Logo
Logo

बुटवलमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी


25.4k
Shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनी कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए ।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका उनी पुतली चिन्हबाट निर्वाचन लडेका थिए । उनले ६३६ मत ल्याएका छन् । तर निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।

उनका निकाटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्र लिगलले ५५१ मत पाएका छन् । प्रतिस्पर्धामा चर्चित र बलियो उम्मेदवारका रुपमा लिगललाई एमालेले अगाडि ल्याएको थियो । यस्तै नेपाली कांग्रेसका माधवप्रसाद प्रधानले ३४८ मत प्राप्त गरेका छन् ।

बुटवलमा ४ वटा वडा सदस्य नेपाली कांग्रेसले जितेको छ । महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशिला धोबी , सदस्यहरु अदिल अहमद खान र अशोक राई विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्