रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।
रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीबीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।
दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथाबाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वडाध्यक्ष निर्वाचित भएका छन् । सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।














