Logo
Logo

सुवास नेम्वाङको नगरमा कांग्रेसका वडा अध्यक्ष निर्वाचित


5.5k
Shares

इलाम । इलामको इलाम नगरपालिका वडा नम्बर–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षका उमेदवार अम्बिका गौतमलाई पराजित गर्दै कांग्रेस उमेदवार गायत्रीराम बस्नेत विजयी भएका हुन् ।

विजयी बस्नेतले १ हजार १८१ मत प्राप्त गर्दा पराजित गौतमले १ हजार २२ मत पाएका छन् । इलाम–१ को मतगणना सम्पन्न भइसक्दा प्रमुख पदमा कांग्रेसका उमेदवार केदार थापाले एक हजार १५८ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार धीरेनकुमार चेम्जोङले एक हजार ४१ मत पाएका छन् ।

इलाम नगरपालिका नेकपा एमालेका उपाध्यक्ष गृहनगर हाे ।

प्रतिक्रिया दिनुहोस्