ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा कांग्रेसका उमंग श्रेष्ठले ३० मतले विजयी भएका छन् ।
कुल मत ७५८मध्ये उनले ३७८ मत ल्याए । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका बिनोदकुमार श्रेष्ठले ३४८ मत ल्याए ।
यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि १२ को वडाध्यक्ष पदका लागि उनिहरु बिच नै प्रतिस्पर्धा भएको थियो ।
त्यसबेला थोरै मतान्तरले मात्र एमालेका बिनोद विजयी भएका थिए ।














