इलाम । इलामको सूर्योदय नगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता लिएका छन् ।
१७७३ मत गणना गर्दा गठबन्धनका रनबहादुरले ७२१ मत प्राप्त गरेका छन् । एमालेबाट अध्यक्षका उम्मेदवार काजीमान कागतेले ६०९ मत पाएका छन्
त्यस्तै उपप्रमुखमा एमालेकी दुर्गादेवी भट्टराईले ६४३ मत पाएकी छन् भने गठबन्धनकी उम्मेदवार दुर्गा बरालले ६३० पाएकी छन् । ६७ मत बदर भएको छ ।
सूर्योदय गाउँपालिका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको गृहनगर हो ।














