Logo
Logo

ललितपुरको महाङ्कालमा मतगणना पुनः सुरु


630
Shares

ललितपुर । केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ ।

मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित गरिएको थियो ।

उम्मेदवार र पार्टीका प्रतिनिधिसहित छलफलले हस्ताक्षर नभएकालाई बदर गर्ने सहमति भएपछि मतगणना सञ्चालन भएको हो । शुक्रबार राति १ बजेदेखि मत गणना सुरु भएकामा बिहान ७ बजे स्थगित भएको थियो । १७ मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो ।

महाङ्काल गाउँपालिकामा जम्मा नौ सय मत गणना हुँदा नेपाली कांग्रेसका गणेश केसीको अग्रता रहेको छ । केसीले ४१७, नेकपा एमालेकी कमला तामाङको ३२४ मत र उपाध्यक्षमा नेकपा माओवादीकी डोल्मा लामाले ३८५ र नेकपा एमालेका पुरुषोतम हुमागाइँले २९२ मत ल्याएका छन् ।

वडा नं ६ ठूला दुर्लुङबाट मतगणना सुरु भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका विनोद चौरेलले ३६९ मत र एमालेका रमण बञ्जाराले २९८ ल्याएका छन् । महाङ्काल गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार छ सय मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्