Logo
Logo

रेसुंगा नगरपालिकामा कांग्रेस विजयी


1.1k
Shares

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले जितेको छ । मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित पन्थीले नेकपा एमालेबाट मेयरका उम्मेदवार राजेन्द्र पाण्डेलाई १२ सय ९४ मत अन्तरले पराजि गरे । पन्थीले ८ हजार छ सय १४ मत ल्याए भने पाण्डेले सात हजार तीन सय २० मत पाए ।

उपमेयर कुँवरले ८ हजार ६ सय १९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार रिता पाण्डेयले ७ हजार २ सय ३१ मत ल्याए ।

मेयरमा निर्वाचित पन्थी कांग्रेस गुल्मी सभापति पनि हुन्।

प्रतिक्रिया दिनुहोस्