Logo
Logo

रेशमको पार्टी नागरिक उन्मुक्तिले खोल्यो खाता, नगरपालिका पनि अग्रता


1.4k
Shares

कैलाली । कैलालीको टिकापुर नगरपालिकाको वडा नं. ५ को वडाध्यक्षका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले विजयी सुरुवात गरेको छ ।

नागरिक उन्मुक्तिका उम्मेदवार वीरबल थारुसहित उनको पूरै प्यानल फराकिलो मतान्तरकासाथ विजयी भएको हो ।

वडाध्यक्षमा वलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, महिला सदस्यमा बासमती चौधरी ८६२ र दलित सदस्यमा सरिता भुल ८९६ मत ल्याइ विजयी भएका छन् । अहिले नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्