
काठमाडौं । झापाको कमल गाउँपालिकामा सत्तारुढ गठबन्धनले ३९१ मत अन्तरले अग्रता लिएको छ ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका हुकुमसिंह राई अध्यक्षका उम्मेदवार हुन् । पछिल्लो मतपरिणाम अनुसार राईले ९२६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धामा रहेका नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीमप्रसाद राईले ५३५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष पदमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पर्शुराम सुवेदी उपाध्यक्षका उम्मेदवार हुन् । सुवेदीले ७२१ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष उम्मेदवार प्रमिला न्यौपानेले ५२६ मत प्राप्त गरेका छन् ।
हुकुमसिंह राई २०७४ को स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारसँग गोला प्रथामा पराजित भएका थिए । बराबर मत प्राप्त गरेका एमालेका उम्मेदवार मेनुका काफ्ले गोला प्रथाबाट हुकुमसिंहलाई हराउँदै विजयी भएका थिए ।














