Logo
Logo

धनकुटामा एमालेको ‘लाल किल्ला’ भत्किँदै


103.8k
Shares

धनकुटा । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनकुटा ‘क्लिन स्वीप’ गरेको एमालेले यसपटक विरासत गुमाउने भएको छ ।

एमालेले अघिल्लो निर्वाचनमा क्लिन स्वीप गरेको पाख्रिबास नगरपालिकाबाट गठबन्धनले विजय सुरुवात गरेसँगै एमालेको क्लिन स्वपी यात्रामा धक्का लागेको हो ।

पछिल्लो मत परिणाम अनुसार पाख्रिबास नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भोगेन्द्र पाण्डे प्यानलसहित विजयी भएका छन् ।

विजयी पाण्डेले नेकपा एमालेका उम्मेदवार दुर्गाबहादुर थापालाई १ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।

विजयी पाण्डेले ४ सय २३ र उनका निकटतम प्रतिद्वन्द्वी थापाले २ सय ७९ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला वडा सदस्यमा गठबन्धनका रत्नबहादुर अधिकारी, रुद्रबहादुर कार्की, महिला सदस्यमा डम्बरकुमारी अधिकारी धमला र दलित महिला सदस्यमा कोपिला सार्की विजयी भएका छन् ।

यसप पटक अरु पालिकाहरुमा समेत एमालेले मत गुमाएको छ । गठबन्धनले केही पालिका समेत जित्ने सम्भावना देखिएको छ ।

अहिलेसम्म गठबन्धनले छथर जोरपाटी, पाख्रिबास र महालक्ष्मीमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्