Logo
Logo

यस्तो रहनेछ आज दिनभरीको मौसम


567
Shares

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ ।

प्रदेश नं १, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र मधेस प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको भइरहेको छ ।

आइतबार दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा , गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्