
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । धरानमा नेपाली कांग्रेसका किशोर राई मेयर पदका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।
मेयरका उम्मेदवार किशोरले हालसम्म १४८९ मत प्राप्त गरेका छन् । धरानमा मेयर पदका लागि हालसम्म स्वतन्त्र उम्मेदवार हर्कराज राई मुख्य प्रतिस्पर्धी हुन् । स्वतन्त्र उम्मेदवार हर्कराजले हालसम्म १०२८ मत प्राप्त गरेका छन् ।
धरानमा मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारीले भने स्वतन्त्र उम्मेदवार भन्दा पनि कम मत अर्थात ७८९ मत मात्र प्राप्त गरेका छन् ।
धरान उपमहानगरको उपमेयर प्रतिस्पर्धामा पनि गठबन्धनले नै अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा गठबन्धनका साझा उपमेयर उम्मेदवार हुन् ।
उपमेयरका उम्मेदवार बेघाले हालसम्म १६०३ मत प्राप्त गरेका छन् भने मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उपमेयर उम्मेदवार पदमप्रसाद लिम्बूले ९३४ मत प्राप्त गरेका छन् ।














