Logo
Logo

विष्णु पौडेलको गृहनगर बुटवलमा कांग्रेसले लियो दोब्बर मतको अग्रता


30k
Shares

खेलराज पाण्डेय

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले झण्डै दोब्बर मतले अग्रता लिएको छ । बुटवलमा नेकपाल कांग्रेसका खेलराज पाण्डेय मेयर पदका लागि सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार पाण्डेयले २८१३ मत प्राप्त गरेका छन् । मेयरका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १६३१ मत प्राप्त गरेका छन् । यहाँ राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचन पनि मेयरका उम्मेदवार हुन् । उनले हालसम्म ८३२ मत प्राप्त गरेका छन् ।

मेयरका पदका प्रत्यासी गठबन्धनका उम्मेदवार पाण्डेयले १६८२ मतले अग्रता लिएका हुन् ।

उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार सावित्रादेवी अर्यालले अग्रता लिएका छन् । अर्यालले १४२८ मत प्राप्त गर्दा गठबन्धनका उपमेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले हालसम्म १२८२ मत प्रप्त गरेका छन् ।

बुवटल नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको गृहनगर हो ।

प्रतिक्रिया दिनुहोस्