झापा । झापाको कमल गाउँपालिकाको वडा नं २ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।
सो वडामा नेकपा एकीकृत समाजवादीसहित कांग्रेस, माओवादी र जसपाको गठबन्धन भएको थियो । गठबन्धनबाट वडा अध्यक्ष पदका साझा उम्मेदवार अशोक सुब्बा विजयी भएका हुन् ।

उनले १ हजार ५ सय ८९ मत प्राप्त गरि विजयी भएको निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ८०० सय मत ल्याएका छन् ।














