तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ बिजयी भएका छन् । उपाध्यक्षका कांग्रेसका गीतादेवी तिम्सिना निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित खापुङले २०५५ मत प्राप्त गरे भने प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बूले २०२१ मत ल्याए ।
यस्तै, उपाध्यक्ष निर्वाचित तिम्सिनाले १९८६ मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका प्रेमलत्ता घिमिरेले १९७४ मत ल्याएका छन् ।














