झक्तपुर । भक्तपुर नगरपालिकाका नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का मेयर उम्मेदवार सुनिल प्रजापति फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

उनले नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा पाँच गुणा बढी मतले अग्रता लिएका हुन् । १५ हजार मत गणना हुँदा नेमकिपाका प्रजापतिले ९०३१ मत ल्याएका छन् ।
कांग्रेसका कासुलाले १८१२ मत ल्याएका छन् भने नेकपा एमालेका रवीन्द्र लाछिमस्यु १०८८ मतसहित तेस्रो स्थानमा छन् ।
निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार अहिलेसम्म भक्तपुरको वडा नम्बर १, २ र ३ को मतगणना भइसकेको छ । यी सबै वडामा नेमकिपाको प्यानल नै विजयी भएको छ । हाल वडा नम्बर ४, ५ र ६ को मत गणना भइरहेको छ ।














