Logo
Logo

दार्चुलाको नौगाडमा माओवादी केन्द्रका दलजितसिंह धामी निर्वाचित


3.3k
Shares

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

मतगणना परिणामअनुसार धामीले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा एमालेका प्रेमसिंह धामीले तीन हजार १ सय ९१ मत ल्याए । उनी निर्वतमान गाउँपालिका अध्यक्ष हुन् ।

त्यस्तै उपाध्यक्ष निर्वाचित ठगुन्नाले तीन हजार ७ सय ६७ मत ल्याएका छन् भने प्रतिस्पर्धी एमालेका गौरिदेवी ठगुन्ना २ हजार ८ सय ६७ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्