चितवन । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मान्ने सहमतिपछि गणना सुचारू गर्ने सहमति भएको माओवादी केन्द्रका नेता गोपाल न्यौपानेले जानकारी दिए ।

भरतपुर–१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको र आइतबार बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना रोकिएको थियो











