काठमाडौं । दार्चुला जिल्लाको महाकाली नगरपालिकामा प्रमुख उपप्रमुख दुवै एमालेले जितेको छ ।

एमालेका नरसिंह चौसिर ५०१३ मतसहित नगरप्रमुख निर्वाचित भएका छन् भने एमालेकै दुर्गाकुमारी खत्री ४६२६ मत ल्याएर निर्वाचित भएका छन् ।
प्रमुखमा पराजित भएका कांग्रेसका हंशराज भट्टले ३८८७ मत ल्याएका छन् उपप्रमुखमा पराजित भएका कांग्रेसकी सुना बोहराले ४११२ मत पाए ।
महाकालीमा कुल ८४१७ मत खसेको थियो । ९ वडा रहेका महाकाली नगरपालिकामा १, २, ४, ५, ७ र ८ एमाले जितेको छ वडानम्बर ३, ६ र ९ कांग्रेसले जितेको छ ।














