वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका प्रमुख उपप्रमुख दुवै एमालेले जितेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका खिमनारायण मानन्धर विजयी भएका छन् भने उपाध्यक्षमा ईन्द्रकुमारी राना थापा विजयी भएका छन् ।

मानन्धर ४ हजार ७६९ मत ल्याए । उनले नेपाली कांग्रेसका टोपबहादुर भुजेललाई ३७ मतअन्तरले पराजित गरेका हुन् । कांग्रेसका भुजेलले ४ हजार ७३२ मत ल्याएका छन् । मानन्धर यसअघिको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
ईन्द्रकुमारी राना थापाले ४ हजार ७४० मत ल्याए । कांग्रेसकी मिठु लम्सालले ४ हजार ७१६ मत ल्याएर दोस्रो भइन् ।














