Logo
Logo

सत्ता गठबन्धनले १७ ठाउँ बुथ कब्जा गरेको एमालेको आरोप


4.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरको गम्भीर आरोप लगाएको छ ।

स्थानीय तह निर्वाचनको प्रारम्भिक मतरिणाम सार्वजनिक भइरहेको बेलामा एमालेले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएको हो ।

एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

सत्ता गठबन्धनले दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथ कब्जा गरको एमालेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्