Logo
Logo

मृतकका परिवारसँग ७ बुँदे सहमतिपछि उठाइयो मतपेटिका


243.9k
Shares

उदययपुर । उदयपुरको कटारी नगरपालिका–७ सोरुङछविसेस्थित कालिका मावि मतदान केन्द्रबाट आइतबार मात्र मतपेटिका उठाइएको छ ।

शुक्रबार मतदानको दिन मतपेटिका उठाउनेक्रममा झडप भएपछि प्रहरीले चलाएको गोली लागेर स्थानीय एक युवकको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएकाको युवकका परिवारसँग ७ बुँदे सहमति भएपछि बल्ल आज मतपेटिका उठाइएको हो ।

शुक्रबार प्रहरीले गोली चलाउँदा १९ वर्षीय नवीन भनिने विरबहादुर कटुवालकाको मृत्यु भएपछि स्थानीयले मतपेटिका उठाउन दिएका थिएनन् ।

आइतबार बिहान प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवसहित जिल्ला सुरक्षा समितिका सदस्य, राजनैतिक दलका प्रतिनिधि, विभिन्न पार्टीका उम्मेदवार सहित मृतकका परिवारसँग ७ बुँदे सहमति भएपछि स्थानीयले मतपेटीका उठाउन दिएका हुन् । प्रमुख जिल्ला अधिकारीले युवकको शव पनि पोष्टमार्टमका लागि कटारी ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्