Logo
Logo

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी


4.1k
Shares

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार टोपबहादुर बिसी ४१२० मतका साथ विजयी भएका हुन् ।

निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस खेमराज वलीलाई पराजित गर्दै बिसी अध्यक्ष निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई फराकिलो अन्तरले पराजित गरेका वलीले यसपटक ३७७५ मत प्राप्त गरे ।

गुँरासमा उपाध्यक्ष पनि एमालेकै निर्वाचित भएका छन् । एमालेका उपाध्यक्ष उम्मेदवार शिवाकुमारी खड्का ४१२५ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी कांग्रेसका दीपा बिसी ३५४७ मतसहितन पराजित भए ।

प्रतिक्रिया दिनुहोस्