Logo
Logo

घोराही उपमहानगरमा एमालेले लियो अग्रता


7.5k
Shares

दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले गठबन्धनलाई उछिनेको छ ।

आइतबार साँझको पछिल्लो मतगणना अनुसार एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७०४६ मतसहित अग्रता लिएका छन् । शुरुदेखि नै अग्रता लिएका गठबन्धनका उम्मेदवार हेमराज शर्मा ७०१० मतसहित दोस्रोमा छन् ।

उपमेयरमा भने गठबन्धनका कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ७४४१ मतसहित अग्रता लिइरहेका छन् । एमालेका हुमा डिसी ६७८७ मतसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्