
काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
सोसबार बिहान सम्पन्न मतगणनाअनुसार कांग्रेसबाट अध्यक्षका उम्मेदवार मीनबहादुर गुरुङ ७ हजार ९९ मतसहित विजयी भए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विक्रम गुरुङले ६ हजार ६ सय १७ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै सीता अधिकारीले ६ हजार ३ सय ७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले ५ हजार ९ सय ५१ मत प्राप्त गरिन् ।
९ वडा रहेको यस गाउँपालिकामा कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा माओवादी केन्द्र वडा नं ७ र एमाले वडा नं ६ मा विजयी भएको छ ।











