Logo
Logo

पाल्पाको पूर्वखोलामा एमाले विजयी


63
Shares

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा निर्वाचित भएका छन् ।

६ हजार ३९ मत प्राप्त गर्दै थापा अध्यक्षमा विजयी हुँदा गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २ सय ५७ मत ल्याए ।

उपाध्यक्ष एमालेकै भागीरथी भट्टराईस विजयी भएकी छन् । उनले ५ हजार ८ सय ९४ मत ल्याइन् । गठबन्धनबाट कांग्रेसका उम्मेदवार विष्णुकुमारी आचार्यले २ हजार २ सय ५० मत पाएकी छन् ।

उक्त पालिकाका ६ वटै वडा र सबै सदस्यमा एमालेले जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्