
काठमाडौं । रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
प्रमुखमा माओवादीका उमेदवार सुरेन्द्र घर्ती थापा र उपप्रमुख गीता आचार्यले भारी मतले बिजय भएका हुन् ।
मेयरमा निर्वाचनि घर्तीले ७ हजार ६ सय ३० ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन् ।
त्यस्तै आचार्यले ७ हजार ७ सय ४१ मतले उपमेयरमा विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ प्राप्त गरिन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दशवटा वडा रहेको रोल्पा नगरपालिकाको नौवटा वडामा माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । एउटा वडामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ ।











