
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भए ।
पुडासैनीले ३ हजार ७ सय २२ र लामाले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन् । अध्यक्षमा प्रतिस्पर्धी कांग्रेसका विश्व लामाले ३ हजार ४ सय ७२ मत प्राप्त गरे । त्यस्तै जिल्लाकै भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेकै हिदम लामा विजयी भएका छन् ।
सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरे । लामाले ५ हजार ५ सय ९१ र स्याङ्तानले ५ हजार २ सय ०९ मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा एमालेकी पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भए । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् ।














