Logo
Logo

पाल्पाका चार पालिकामा गठबन्धनले लियो अग्रता


7.6k
Shares

अग्रतामा रहेका मेयरका उम्मेदवारहरु

पाल्पा । सत्तारुढ गठबन्धनले पाल्पाको चार वटा पालिकामा अग्रता लिएको छ । तानसेन नगरपालिका, माथागढी गाउँपालिका, रिब्दिकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा अग्रता लिएको हो ।

तानसेन नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । तानसेनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार सन्तोषलाल श्रेष्ठले ६५२७ मतसहित अग्रता लिएका छन् । मेयरका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरेले ५३९१ मतसहित गठबन्धनका उम्मेदवारलाई छ्याइरहेका छन् ।

त्यसैगरी, उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका उपमेयर उम्मेदवार प्रतिक्षा सिंजालीले ६३०० मतसहित अग्रता लिएका छन् । उपमेयरका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिशि श्रेष्ठले ५४६४ मतसहित पछ्याइरहेका छन् ।

त्यसैगरी, माथागढी गाउँपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार सन्तोषकुमार थापा १६०८ मतसहित अघि बढेका छन् । मुख्य प्रतिस्पर्धीका रुपमा नेपका एमालेका मेयर उम्मेदवार यमबहादुर चिदी १५९६ मतसहित पछि–पछि छन् ।

उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार विजयाकुमारी भट्टराई १६०३ मतससहित अग्रस्थानमा छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका विष्णुकुमारी लुङचे १५८० मतसहित प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, रिब्दिकोट गाउँपालिकामा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार नारायणबहादुर कार्की ३७२९ मतसहित अगाडि छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका नारायणबहादुर जिसी ३१७९ मतसहित गठबनधनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कान्ता अधिकारी ३५८६ मतसहित अग्रस्थानमा छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लक्ष्मी खनाल ३३४३ मतसहित दोस्रो स्थानमा छन् ।

त्यसैगरी, रैनादेवी छहरा गाउँपालिकामा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार रुक्मागत भट्टराई ४४७४ मतसहित अगाडि छन् । मुख्य प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउन ३७६० मतसहित दोस्रो स्थानमा छन् ।

उपाध्यक्षमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज थापा ४२२८ मतसहित अगाडि छन भने मुख्य प्रतिस्पर्धी गीताकुमारी भट्टराई घिमिरे ३५७९ मतसहित दोस्रो स्थानामा छन् ।

तिनाउ र पूर्वखोला गाउँपालिकामा नेकपा एमाले विजयी भइसकेको छ भने अन्य पालिकामा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्