
काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायम राखेको छ ।
पछिल्लो प्राप्त मतगणनाको परिणाम अनुसार मेयरमा गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले ४ हजार १ सय ५९ हासिल गरेकी छन् । उनका प्रतिस्पर्धी राप्रपाका दीपक बहादुर सिंहले ३ हजार ९ सय ४६ मत पाएका छन् ।
एमालेका अनन्त पौडेलले ३ हजार ५ सय ६९ मत प्राप्त गरेका छन् ।











