
काठमाडौं । पाल्पाको माथाँगढी गाउँपालिका अध्यक्षमा यम चिदी र उपाध्यक्षमा विष्णुमाया लुङ्चे विजयी भएका छन् ।
दुवै एमालेबाट उम्मेदवार थिए । चिदीले ६ हजार १ सय ९ र लुङचेले ५ हजार ८ सय ८२ मत प्राप्त गरे । अध्यक्षमा पराजित काग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ र उपाध्यक्षमा पराजित काग्रेसकै विजया भट्टराईले ५ हजार ६ सय ४४ मत प्राप्त गरीन् ।
८ वटा वडा रहेको यहाँ एमालेले ४ र काग्रेसले ४ वटा वडामा अध्यक्ष जितेका छन् ।











