
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ । पछिल्लो परिणामअनुसार उनले ५ हजार १ सय ८३ मत प्राप्त गरेका छन् ।
उनलाई एमालेका सागरकुमार थापाले ३ हजार ६ सय ६७ मतसहित पछ्याइरहेका छन् । मेयरकै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले १ हजार ७ सय २० मत प्राप्त गरेका छन् । यसबैगरी उपमेयरमा एमालेकी शिल्पा कार्की ४ हजार १ सय ८२ मतसहित अगाडि छिन् ।
जनता समाजवादीका अमरेन्द्र यादव ३ हजार २ सय ८३ मतसहित दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीकी विन्दाकुमारी लुइटेल आचार्य १ हजार २६ मतसहित तेस्रो स्थानमा छन् ।














